शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

६ खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान

६ खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान

आषाढ १६, २०८२ सोमवार
आषाढ १६, २०८२ सोमवार
  • ६ खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान

    युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी एक एक जना प्रशिक्षक, निर्णायक र चिकित्सकलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार दिएको छ ।

    मन्त्रालयले राष्ट्रिय खेलकुद सम्मान प्राप्त गर्ने खेलाडीलाई जनही एक लाख नगद पुरस्कार दिएको छ । खेलकुदमन्त्री तेजु लाल चौधरीको प्रमुख आतिथ्यता तथा मन्त्रालयका सचिव हरिप्रसाद लम्सालको अध्यक्षतामा सोमबार मन्त्रालयका पदाधिकारीहरु, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु, छनोट समितिका पदाधिकारीहरु, सम्मानित खेलकुद प्रतिभा पुरस्कार प्रदान गरिएको छ । 

    राष्ट्रिय खेलकुद सम्मान प्राप्त गर्ने खेलाडीमा तेक्वान्दोका भरत सिंह महता, प्रेम बहादुर लिम्बु, र विर वहादुर महरा रहेका छन् । त्यस्तै कबड्डीकी अनुजा कुलुङ राई र मानमती विष्ट रहेका  छन् भने फुटबलकी दिपा शाही रहेकी छन् ।

     त्यस्तै प्रशिक्षकतर्फ तेक्वान्दोका कविराज नेगी लामा र बक्सिङका निर्णायक धन कुमार मैनाली र चिकित्सक डा. राजु डंगोल रहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार