शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

यस्ता छन् मन्त्रिपरिषद बैठकका १५ निर्णयहरू (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद बैठकका १५ निर्णयहरू (सूचीसहित)

आषाढ १६, २०८२ सोमवार
आषाढ १६, २०८२ सोमवार
  • यस्ता छन् मन्त्रिपरिषद बैठकका १५ निर्णयहरू (सूचीसहित)

    मन्त्रिपरिषद बैठकका १५ वटा निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णय अनुसार सरुवा, बढुवा, नियुक्ति र प्रत्येक वर्ष असोज १५ गते राष्ट्रिय चलचित्र दिवस मनाउनेलगायत रहेका छन् ।

    निर्णयहरूमा सहकारी संस्थाहरुको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरू कारबाही र किनारा गर्न कर्जा असुली न्यायाधीकरण गठन गरिएको छ । सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र वसन्तराज पुरी तथा गोविन्द शर्मा गैह्रे सदस्य रहेको कर्जा असुली न्यायधिकरण गठन गरिएको हो । बैठकले उक्त न्यायाधीकरणका लागि आवश्यक अधिकृतस्तरका तीन पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

    सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरूमा पूवसहसचिवहरू रोहितकुमार विसुवाल तथा थानेश्वर गौतमलाई नियुक्त गरिएको छ ।

    त्यस्तै मन्त्रिपरिषद्ले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गरेको छ भने राष्ट्रिय पर्यटन नीति २०८२ स्वीकृत गरेको छ ।

    निर्णयहरु

    cabinet-13-asar.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट