शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मोदीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका क्याप्टेन शुक्लासँग गरे कुराकानी

मोदीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका क्याप्टेन शुक्लासँग गरे कुराकानी

आषाढ १४, २०८२ शनिवार
आषाढ १४, २०८२ शनिवार
  • मोदीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका क्याप्टेन शुक्लासँग गरे कुराकानी

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका क्याप्टेन शुभांशु शुक्लासँग कुराकानी गरेका छन् ।

    प्रधानमन्त्री मोदीले भिडियो कल मार्फत कुराकानी गर्दै शुभांशु शुक्लाको साहस र योगदानको प्रशंसा गरेका थिए । कुराकानीमा शुभांशुले भारत नक्सामा भन्दा अन्तरिक्षबाट धेरै भव्य देखिने बताएका थिए ।

    उनले प्रधानमन्त्री मोदीसँग गाजरको हलवा र आँपको रस अन्तरिक्षमा लागेको समेत बताएका थिए । उनले प्रधानमन्त्री मोदीसँग भने- 'यो केवल मेरो यात्रा होइन, यो हाम्रो देशको यात्रा पनि हो, म भारतको प्रतिनिधित्व गर्न पाउँदा गर्व गर्छु ।'

    शुभांशु शुक्ला हाल नासासँगको सहकार्यमा पठाइएको एक्सियम-४ मिसन अन्तर्गत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको यात्रामा छन् । शुभांशु शुक्ला राकेश शर्माको अन्तरिक्ष यात्रा पछि ४१ वर्षको अन्तराल पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुग्ने भारतीय हुन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार