Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

श्रीलंकाले जित्यो बंगलादेशविरुद्धको टेस्ट सिरिज

बंगलादेशविरुद्ध खेलिएको दुई टेस्टको सिरिज श्रीलंकाले १-० ले जितेको छ । कोलम्बोमा खेलिएको दोस्रो टेस्टमा श्रीलंकाले बंगलादेशलाई एक इनिङ र ७८ रनले पराजित गर्दै सिरिज जितेको हो ।

बंगलादेशले पहिलो इनिङमा २४७ रन बनाएको थियो । त्यसै क्रममा श्रीलंकाले आफ्नो पहिलो इनिङमा ४५८ रन बनाएको थियो र पहिलो इनिङमा २११ रनको अग्रता लिएको थियो । त्यसपछि बंगलादेशको दोस्रो इनिङ १३३ रनमा अल आउट भएको थियो ।

श्रीलंका र बंगलादेशबीच गालेमा खेलिएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । श्रीलंका र बंगलादेशबीच खेलिएको यो टेस्ट शृङ्खला २०२५-२७ को आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको हिस्सा हो ।

यो जितसँगै श्रीलंका अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ । अष्ट्रेलिया आइसिसी विश्व टेस्ट च्याम्पियनसिप अंक तालिकामा पहिलो स्थानमा छ भने इङ्ल्यान्ड दोस्रो स्थानमा छ ।