शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

जनकपुरधाममा सुनचाँदी व्यवसायीहरुद्वारा विरोध र्याली

जनकपुरधाममा सुनचाँदी व्यवसायीहरुद्वारा विरोध र्याली

आषाढ १३, २०८२ शुक्रवार
आषाढ १३, २०८२ शुक्रवार
  • जनकपुरधाममा सुनचाँदी व्यवसायीहरुद्वारा विरोध र्याली

    जनकपुरधामसहित धनुषाका सुनचाँदी व्यवसायीहरुले विरोध र्याली निकालेका छन् । सरकारले लगाएको २ प्रतिसत विलासीता करको विरुद्धमा उनीहरुले विरोध स्वरुप जनकपुरधाममा र्याली निकालेका छन् ।

    केही दिन पहिला सरकारले सुनचाँदी व्यवसायीहरुको माग सम्बोधन गर्ने आश्वासन दिएपनि कुनै वास्ता नगरेको भन्दै पुनः आन्दोलन गर्न बाध्य भएको सुनचाँदी व्यवसायी महासंघ जनकपुरधामका उपाध्यक्ष राजिव कुमार साहले जानकारी दिए ।  उनले महासंघको देशव्यापी चरणवद्ध आन्दोलन गर्ने निर्णय भएबामोजिम जनकपुरधामका व्यवसायीहरुले पनि आज र्याली निकालेको बताए ।

     उपाध्यक्ष साहका अनुसार आफूहरु स्वयमका लागि नभएर उपभोक्ताहरु मारमा नपरोस भनेर विरोधमा उत्रिन बाध्य भएका हुन । सरकारको २ प्रतिसत बिलासीता करले नेपाल भन्दा भारतमा सुनचाँदी सस्तो हुन जाने र यसले गर्दा यहाँका उपभोक्ताहरु भारत गएर सुनचाँदी खरीद गर्ने उपाध्यक्ष साहले बताए । 

    उनले यहाँका व्यवसायीहरु पलायन हुने अवस्था सृजना हुनसक्ने भएकाले सरकारले २ प्रतिसत बिलासीता कर खारेज गर्नु पर्ने माग गरे । सरकारले बिलासीता कर खारेज नगरुनजेल आफूहरु पसल बन्द राख्ने र प्रत्येक दिन विरोध गरिरहने उनले चेतावनी समेत दिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार