शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

चीनमा लोकप्रिय छ ‘बरफको भात’ अर्थात ‘आइस राइस’

चीनमा लोकप्रिय छ ‘बरफको भात’ अर्थात ‘आइस राइस’

आषाढ १३, २०८२ शुक्रवार
आषाढ १३, २०८२ शुक्रवार
  • चीनमा लोकप्रिय छ ‘बरफको भात’ अर्थात ‘आइस राइस’

    ‘बरफको भात’ अर्थात ‘आइस राइस’ नेपालमा खासै चल्तीमा छैन् । तर चीनमा गर्मी मौसममा आइस राइस लोकप्रिय बन्दै गएको छ । चीनमा गर्मीको तातो स्वादिष्ट परिकारका रुपमा यो परिकार बढी रुचाइन्छ । पूर्वी चीनको फुझोउ शहरमा यो परिकारका लागि लोकप्रिय छ । 

    Photo (5).png

    बरफको चिसोमा तयार गरिने भात सामान्यतया ताजा फलफूल, कुरकुरे, बदाम, जेलोका टुक्राहरू र दूधमा घोलिएको हुन्छ। गर्मी महिनामा यसको राम्रो व्यापार हुन्छ । स्थानीय व्यापारी गाओ यानकिङले २५ वर्षभन्दा बढी समयदेखि उक्त परिकार बेच्दै आएको र दैनिक सयौं कचौरा विक्री गर्ने गरेको सुनाउछन् । ‘गर्मीमा, म सामान्यतया दिनमा लगभग १,५०० कचौरा बेच्छु। यसका लागि ग्राहकहरूले कम्तिमा आधा घण्टा लाइनमा बस्नुपर्छ,’ उनले भने ।

    Photo (1).png

    गर्मीका रातहरूमा आफ्नै कचौरा लिएर पनि सयौं ग्राहकहरु प्रतिक्षा गर्ने गरेका छन् । वार्षिक आयोजना गरिने आइस राइस फेस्टिवलले पर्यटकहरूलाई आकर्षित गरिरहेको हुन्छ ।  वाणिज्य ब्यूरोका अनुसार उक्त क्षेत्रमा दर्जनौं आइस राइस रेस्टुरेन्टहरू रहेको र  जसले प्रत्येक वर्ष लाखौं डलर राजस्व संकलन गरिरहेको हुन्छ । चाङ्गले क्षेत्रमा मात्रै २० भन्दा बढी रात्रिकालीन बजार र ४० भन्दा बढी आइस्ड राइस रेस्टुरेन्टहरू संचालित छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार