Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन

नुवाकोटमा खोलाले बगाएर बेपत्ता महिलाको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय पशु स्वास्थ्य तथा डग हेण्डलर उपशाखा बलम्बुबाट २ वटा कुकुरसहित ७ जनाको टोली खटाईएको छ ।

नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण पानीको वहाव बढ्न गई ३२ वर्षिया कमला बलामी बेपत्ता भएकी थिईन् ।

उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमाण्डमा ७ जना सुरक्षाकर्मी सहित २ वटा सर्च एण्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको हो ।

बेपत्ता व्यक्तिको खोजीकार्य तथा उद्वारको लागि शुक्रबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेडांडा बाट ६५ जना  सुरक्षा फौज परिचालन भएको छ ।

सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा रहेका अशोक बलामी घाईते भएको हुँदा उनलाई  उद्वार गरी उपचारको लागि काठमाडौतर्फ पठाएको ल्याइएको छ भने केहि चौपाया बाढिले बगाएको छ ।