अस्ट्रेलिया र वेस्ट इन्डिजबीचको टेस्ट रोचक मोडमा पुगेको छ ।
दोस्रो दिनको खेल सकिदा अस्ट्रेलियाले आफ्नो दोस्रो इनिंगमा ४ विकेट गुमाउदै ९२ रन बनाएको छ भने ८२ रनको अग्रता बनाएको छ ।
अस्ट्रेलियाका ट्राभिस हेद १३ र बेउ वेब्स्टर १९ रन बनाएर खेलिरहेका छन् । यस अघि वेस्ट इन्डिजले आफ्नो पहिलो इनिंगमा १९० मात्र बनाएर अल आउट भएको थियो र अस्ट्रेलियामाथि पहिलो इनिंगमा १० रनको बढ्त लिएको थियो । अस्ट्रेलियाले आफ्नो पहिलो इनिंगमा १८० रन मात्र बनाएको थियो ।
अब तेस्रो दिन अस्ट्रेलियाले वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य दिएर टेस्ट जित्ने प्रयास गर्ने छ भने वेस्ट इन्डिजले छिटो भन्दा छिटो अस्ट्रेलियालाई अल आउट गर्दै आफ्ना लागि कम लक्ष्य राख्ने प्रयास गर्ने छ । यो खेल हेर्दा तेस्रो दिन नै नतिजा आउने सम्भावना रहेको छ ।