शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रोनाल्डोले गरे अल नासरमा दुई बर्षको नयाँ सम्झौता

रोनाल्डोले गरे अल नासरमा दुई बर्षको नयाँ सम्झौता

आषाढ १२, २०८२ बिहिवार
आषाढ १२, २०८२ बिहिवार
  • रोनाल्डोले गरे अल नासरमा दुई बर्षको नयाँ सम्झौता

    क्रिस्टियानो रोनाल्डोले अल नासरमा दुई बर्षको नयाँ सम्झौता गरेका छन् । अल नासरले रोनाल्डोले 'अल नासर फर एभर अर्थात सधैका लागि अल नासर' एक भिडियो जारी गर्दै रोनाल्डो क्लबमै रहने जानकारी दिएको हो ।

    मिडिया रिपोर्टका अनुसार ४० बर्षिय रोनाल्डोले अल नासरमा २०२७ को जुन ३० सम्म सम्झौता गरेका छन् । रिपोर्टका अनुसार अल नासरले रोनाल्डोलाई बार्षिक १८५ मिलियन युरो पारिश्रमिक दिने बताइएको छ । 

    रोनाल्डोको साउदी प्रो लिगमा व्यक्तिगत प्रदर्शन राम्रो भएपनि अल नासरलाई ट्रफी भने जिताउन सकेका छैनन् । उनले लगातार दोस्रो सिजन साउदी लिगमा गोल्डेन बुट भने जितेका छन् । रोनाल्डोले साउदी लिगमा यस सिजनमा कुल २५ गोल गोल गर्दै गोल्डेन बुट जितेका थिए भने अघिल्लो सिजनमा रोनाल्डोले ३५ गोल गरेर गोल्डेन बुट जितेका थिए ।

    २०२३ को जनवरीदेखि अल नासरमा खेल्न थालेका रोनाल्डोले अल नासरका लागि १११ खेल खेल्दै ९९ गोल गरेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार