शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अल नासरबाट अलग भए प्रशिक्षक पियोली

अल नासरबाट अलग भए प्रशिक्षक पियोली

आषाढ १२, २०८२ बिहिवार
आषाढ १२, २०८२ बिहिवार
  • अल नासरबाट अलग भए प्रशिक्षक पियोली

    साउदी प्रो लिग क्लब अल नासरले मुख्य प्रशिक्षक स्टेफानो पियोलीलाई हटाएको छ । यस सिजनमा क्लब उपाधि विहिन बनेपछि अल नासरले प्रशिक्षक पियोलीलाई हटाएको हो ।

    अल नासर यस सिजनमा साउदी प्रो लिगमा तेस्रो स्थान हासिल गरेको थियो । अल नासर आधिकारिक रूपमा इटालियन मुख्य प्रशिक्षक स्टेफानो पियोली क्लबबाट अलग भएको जानकारी दिएको छ ।

    रियादमा पियोलीको कार्यकाल सफल हुन सकेन, अल नासर यस सिजनमा सबै घरेलु प्रतियोगिताहरूमा असफल भयो । अल नासर अब २०१९ देखि लिग उपाधि बिहिन रहेको छ र अन्तिम पटक १९९० मा किंग्स कप जितेको थियो । अल नासरको सबैभन्दा पछिल्लो ट्रफी जनवरी २०२१ मा साउदी सुपर कप रहेको थियो ।

    अल नासरको व्यवस्थापनले प्रशिक्षकसँगको आपसी समझदारी पछि, पियोलीको सम्झौताको बाँकी ११ मिलियन युरो किस्तामा तिर्न सहमत भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

    स्पेनी निर्देशक फर्नान्डो हिएरोको नेतृत्वमा रहेको क्लबको प्राविधिक टिमले नयाँ प्रशिक्षकको खोजी शुरु गरेको बताइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार