शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट दिए राजीनामा

दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट दिए राजीनामा

आषाढ ११, २०८२ बुधवार
आषाढ ११, २०८२ बुधवार
  • दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट दिए राजीनामा

    क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन् । प्रहरी सहायक हवल्दार पदमा रहेका उनले केही दिनअघि राजीनामा दिएका हुन् ।

    राजीनामा पत्रमा उनले घरायसी कारण देखाएको प्रहरीले जनाएको छ । दीपेन्द्रको राजीनामा स्वीकृत भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले पुष्टि गरेका छन् ।

    चीनमा सम्पन्न १९ औ एसियन गेन्समा क्रिकेटको टि २० तर्फ ६ छक्का हानेर विश्व रेकर्ड कायम गरेपछि उनले प्रहरी जवानबाट सहायक हवलदारमा विशेष बढुवा पाएका थिए । उनले २०८० असोजमा बढुवा पाएका थिए ।

    २०७३ सालमा नेपाल प्रहरीको जवानमा भर्ना भएका ऐरी सात वर्षपछि सहायक हवल्दारमा बढुवा भएका थिए । त्यसको २ वर्ष नपुग्दै उनले पुलिसको जागिर छोडेका हुन् । उनले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको कप्तानी गर्दै आएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट