शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भारतमाथि इङल्याण्डको शानदार ५ विकेटको जित

भारतमाथि इङल्याण्डको शानदार ५ विकेटको जित

आषाढ ११, २०८२ बुधवार
आषाढ ११, २०८२ बुधवार
  • भारतमाथि इङल्याण्डको शानदार ५ विकेटको जित

    इङल्याण्डले भारतविरुद्धको पहिलो टेस्ट जितेको छ । ५ खेलको टेस्ट सिरिजको पहिलो खेलमा इङल्याण्ड ५ विकेटले विजयी भएको हो । 

    भारतले दिएको ३७१ रनको लक्ष्य पछाएको इङल्याण्डले खेलको पाँचौं दिन ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।यसअघि भारतले आफ्नो दोस्रो इनिंगमा ३६४ रन बनाएको थियो । त्यस्तै टस हारेर पहिला ब्याटिंग गरेको भारतले आफ्नो पहिलो इनिंगमा ४७१ रन बनाएको थियो । त्यस्तै इङल्याण्डले आफ्नो पहिलो इनिंगमा ४६५ रन बनाएको थियो ।

    त्यस्तै यस टेस्टमा कुल ७ शतक बने । भारतका ऋषव पन्तले दुवै इनिंगमा शतक बनाए । ऋषवले पहलो इनिंगमा १३४ र दोस्रो इनिंगमा ११८ रन बनाएका थिए । त्यस्तै भारतीय कप्तान शुभमन गिलले पहिलो इनिंगमा १४७ रन बनाए भने भारतका यशस्वी जैसवालले पहिलो इनिंगमा १०२ रन बनाए । त्यसैगरी भारतका केएल राहुलले दोस्रो इनिंगमा १३७ रन बनाए ।

    त्यसैगरी इङल्याण्डका खेलाडी ओली पोपले पहिलो इनिंगमा १०६ रन बनाए भने दोस्रो इनिंगमा बेन डकेटले १४९ रन बनाएका थिए ।

    यो जितपछि इङल्याण्डले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल जुलाई २ देखि बिर्मिङघममा हुदैछ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार