शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

आषाढ १०, २०८२ मंगलवार
आषाढ १०, २०८२ मंगलवार
  • सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

    दी ब्रिज डिकेट कपको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको टोली ब्रिज–११ ले जितेको छ । वील्सायरस्थित डेभाइज क्रिकेट क्लब मैदानमा भएको दोस्रो मैत्रीपूर्ण क्रिकेट खेलमा ब्रिज–११ ले डेभाइज क्रिकेट क्लबलाई १२७ रनले पराजित गर्दै उपाधि जितेको हो ।

    d310a470-499d-4792-b15c-452c5ac8f73f.jpeg

    लन्डनमा टस हारेर पहिला बलिङ गरेको ब्रिज ११ का लागि म्यानी गुरुङले २६ बलमा ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै दिवश गिरीले ३७ बलमा ६२ रन तथा कप्तान सन्दीप लामिछानेले २४ बलमा ५४ रन जोडेका थिए । बलिङतर्फ डेभाइजका जर्ज डनफोर्ड, क्यामरून ली र अल गवले समान रूपमा २–२ विकेट लिए ।

    ब्रिज ११ ले दिएको ३०७ रनको लक्ष्य पछ्याएको डेभाइज क्रिकेट क्लबको लागि थमस एन्ड्र्युले ७१ बलमा १०१ रनको शतकिय पारी खेले । त्यस्तै  लुक ह्याम्बलिनले ३९ बलमा १० रनको योगदान दिए ।

    2c2c39e8-9fcb-479a-8c63-be2d3a1c0ff3.jpeg

    बलिङतर्फ ब्रिज ११ का सन्दीप लामिछानेले १ विकेट, मोसेसले २ विकेट तथा अमित, बिकाश र मार्क बर्टनले समान रूपमा १–१ विकेट लिए। खेलपछि कप तथा ट्रफी वितरण समारोहमा ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन गिरीले १० वर्षे यात्रामा समाजप्रतिको उत्तरदायित्वका रूपमा खेल प्रतियोगिता गर्न पाएकामा सन्तुष्टि व्यक्त गरे । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट