शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

गण्डकी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता सुरु

गण्डकी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता सुरु

आषाढ १०, २०८२ मंगलवार
आषाढ १०, २०८२ मंगलवार
  • गण्डकी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता सुरु
    गण्डकी प्रदेश कबड्डी सङ्घको आयोजना, प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सोमबारदेखि दमौलीमा अन्तरजिल्ला कबड्डी प्रतियोगिता सुरु भएको छ । 
     
    प्रतियोगितामा प्रदेशभित्रका तनहुँ, गोरखा, नवलपुर, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पण्डितले जानकारी दिए । उद्घाटन खेल व्यास नगरपालिका–३ बास्केटबल कोर्टमा खेलाइएको थियो भने आज र भोलिका खेल व्यास नगरपालिका–१ फुटसल मैदानमा हुनेछन् ।
     
    प्रतियोगिताअन्तर्गत पहिलो दिनका पाँच खेल सम्पन्न भएका छन् । तनहुँ र स्याङ्जाबीच भएको खेलमा तनहुँ, नवलपुर र म्याग्दीबीच भएको खेलमा नवलपुर, कास्की र गोरखाबीच भएको खेलमा कास्की, बागलुङ र पर्वतबीच भएको खेलमा बागलुङ तथा तनहुँ र नवलपुरबीच भएको खेलमा नवलपुर विजयी भएको छ ।
     
    गण्डकी प्रदेश कबड्डी सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा भएको खेलमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैलगायत वक्ताले आ–आफ्नो धारणा राखेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार