Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

इरानले गर्‍यो कतारस्थित अमेरिकी एयरबेसमा मिसाइल हमला

इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ ।

इरानले सरकारी टेलिभिजनमार्फत कतारस्थित अल उदैद वायुसैनिक बेसमा रहेको अमेरिकी फौजमाथि आक्रमण गरिएको भनेको बेलायती समाचार संस्था द गार्डियनले उल्लेख गरेको छ । 

केही समयअघि सैन्य संगीत बजिरहेको बेला स्क्रिनमा ‘अमेरिकाको आक्रमणको विरुद्ध इरानी सशस्त्र बलको शक्तिशाली र सफल प्रतिउत्तर’ भनेर क्याप्सन देखाइएको भनिएको छ ।