Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

इरानको अमेरिकालाई चेतावनी- युद्ध शुरु गर्यौं, अन्त्य हामीले गर्नेछौं

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिका अब यस युद्धमा प्रत्यक्ष रूपमा सामेल भएको र इरानको 'पवित्र भूमि' उल्लङ्घन गरेको बताएका छन्।

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका प्रवक्ता इब्राहिम जोल्फाघारीले भिडियो सन्देश जारी गर्दै अमेरिका अब प्रत्यक्ष युद्धमा सामेल भएको बताउदै अप्रत्याशित परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

उनले भने- 'अमेरिकाले गम्भीर, खेदजनक र अप्रत्याशित परिणाम' भोग्नुपर्नेछ, जुन 'शक्तिशाली र लक्षित अपरेशन' मार्फत दिइनेछ ।' आफ्नो भिडियो सन्देशमा जोल्फाघारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यस युद्धको शुरुवात गरेको र यसको अन्त्य आफुहरुले गर्ने बताएका छन् ।

यस बाहेक, इरानी मिडियाले इरानका कमाण्डर इन चीफ अमिर हतामीको भिडियो पनि जारी गरेको छ । जारी गरिएको यस भिडियोमा उनले अमेरिकाले विगतमा इरान विरुद्ध जब पनि 'अपराध' गरेको छ, त्यसले 'कडा प्रतिक्रिया' पाएको छ र यस पटक पनि त्यस्तै हुने बताएका छन् ।

अमेरिकाले आइतबार बिहान फोर्डो, नातान्ज र इस्फहानमा इरानको आणविक केन्द्रहरूमा आक्रमण गरेपछि इरान र इजरायल युद्धमा नयाँ मोड आएको छ ।