शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मोदीले गरे इरानका राष्ट्रपतिसँग टेलिफोन कुराकानी

मोदीले गरे इरानका राष्ट्रपतिसँग टेलिफोन कुराकानी

आषाढ ८, २०८२ आइतवार
आषाढ ८, २०८२ आइतवार
  • मोदीले गरे इरानका राष्ट्रपतिसँग टेलिफोन कुराकानी

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति मसूद पेजेश्कियानसँग फोनमा कुराकानी गरेका छन् ।

    प्रधानमन्त्री मोदीले आफुले इरानका राष्ट्रपतसँग फोनमा कुराकानी गरेको जानकारी दिदै लेखेका छन्- 'मैले इरानका राष्ट्रपतिसँग कुरा गरे । हामीले वर्तमान अवस्थाको बारेमा विस्तृत रूपमा छलफल गर्यौं । हालै बढेको तनावप्रति गहिरो चिन्ता व्यक्त गरे । तत्काल तनाव कम गर्न, संवाद र कूटनीति अगाडि बढाउन हाम्रो आह्वान दोहोर्‍याए र क्षेत्रीय शान्ति, सुरक्षा र स्थिरताको चाँडै पुनर्स्थापनाको माग गरे ।'

    इरान र इजरायलबीचको युद्ध जारीरहेकै बेला भारतले इरानबाट एक हजारभन्दा बढी भारतीय विद्यार्थीलाई फिर्ता ल्याएको छ । यसका लागि इरानले आफ्नो हवाई क्षेत्र खोलेर सहयोग गरेको भरतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    अमेरिकाले आइतबार बिहान इरानका फोर्डो, नातान्ज र इस्फहानमा रहेको इरानको आणविक स्थलहरूमा आक्रमण गरेको थियो । यो आक्रमणपछि इरान र इजरायलबीच द्वन्द्व थप फैलिने खतरा रहेकोमा विश्वभर चिन्ता व्यक्त गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट