शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सरकारका प्रतिनिधिहरुले योगको महत्व बुझ्नै सकेनन्

सरकारका प्रतिनिधिहरुले योगको महत्व बुझ्नै सकेनन्

आषाढ ८, २०८२ आइतवार
आषाढ ८, २०८२ आइतवार
  • सरकारका प्रतिनिधिहरुले योगको महत्व बुझ्नै सकेनन्

    योग शब्दको सामान्य अर्थ सम्बन्ध वा जोड हो । विविध आसन, अभ्यास, साधना, ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो । अस्थिर मन र शरीररलाई स्थिर बनाउनुको लागि योगले महत्वपूर्ण भूमिका खेल्ने गरेको पाइन्छ ।

    योगमार्फत मानिसले आफू भित्रैको उर्जाको प्रयोग गरेर रोगलाई निरोध गर्न सक्छ भन्ने भनाइ छ । धार्मिक विश्वास अनुसार योगको ८४ आसन भगवान शिवबाट संसारिक जीवलाई प्राप्त भएको विश्वास गरिएको छ ।  आधुनिक युगमा योगलाई अपरिहार्य ठान्न थालिएको छ । व्यस्त र असन्तुलित जीवन शैलीका कारण स्वास्थ्यमा विभिन्न असरहरु देखिदा योगलाई एक उपचार पद्धतिको रुपमा अपनाउन थालिएको छ ।

    तनाव र मानसिक समस्या वा डिप्रेसनका कारण कति मानिसले आत्महत्यासम्म पनि गर्ने गरेका छन् । यस्तो अवस्थाका लागि पनि योग महत्वपूर्ण मानिएको छ । मानव शरीर र दिमागलाई शान्त राख्नका लागि योग आवश्यक ठानिन्छ । पूर्वीय दर्शन र शास्त्रहरूमा आदिमकालदेखि नै योग शव्दको प्रयोग हुँदै आएको र हिन्दू धर्मशास्त्रमा आत्मदर्शन र समाधीदेखि लिएर कर्मक्षेत्रसम्म योगको ब्यापक प्रयोग भएको छ ।

    योग गुरु भानुभक्त दाहालले मानिसको स्वास्थ्यमा नसर्ने रोगको लागि सबैभन्दा उपयुक्त औषधी र उपचार योग भएको उल्लेख गरेका छन् । उनका अनुसार योगले शरीरको प्रणालीहरुलाई ठिक बनाउनका साथै रोगसँग लड्न सक्ने क्षमता बढाउने काम गर्छ ।  ‘मानिसको स्वास्थ्यमा नसर्ने रोगको लागि सबैभन्दा उपयुक्त औषधी र उपचार योग हो । बिरामी भएपछि रोग लागेपछि मात्र योग गनुपर्छ भन्ने होइन् सानै उमेरदेखि संस्कारको रुपमा योगलाई सिकाउन सक्यौ भने कालान्तरमा त्यसले धेरै फाइदा दिन सक्छ । रोगसँग लड्ने क्षमता पनि बढ्छ र समग्र रुपमा योगले कुनै बिरामी निको पार्ने भन्दा पनि योगले मानव प्रणालीहरुलाई ठिक बनाउने हुनाले सबैको लागि आवश्यक छ ।’

    योग स्वास्थ्यको लागि आवश्यक भएको हुनाले पनि संसारका ३०–३२ प्रतिशतभन्दा बढि मान्छेहरुले योग गर्न थालेको तथ्य बाहिर आएको छ र योगलाई पनि संसारले पनि बुझ्दै गएको उनको भनाई छ । दाहालका अनुसार योगका कुरा पाठ्यक्रमबाट हटाइएको हुनाले पनि यो ओझेलमा परेका साथै सरकारको तहबाट केही कदम चल्ने हो भने योगलाई नेपालमा सहजै विस्तार गर्न सकिन्छ ।

    उनले भने, ‘व्यक्तिले कुनै पनि कुरा उठायो भने त्यो पार लगाउन सक्ने सम्भावना कम हुन्छ । तर सरकारले गर्न चाह्यो भने त्यो व्यवस्थित गर्न सक्छ । अहिलेसम्म प्रतिनिधिको रुपमा सरकारमा पुगेका मान्छेहरुसँग योग सम्बन्धी चेतनाको कमीले व्यवस्थित हुन नसकेको होला जस्तो लाग्छ । योगका कतिपय कुरा पाठ्यक्रमबाट हटाइएको हुनाले पनि ओझेलमा परेको हो । यसको लागि हामी सबैको प्रयासले केही सुरुवात भएको छ । तर सरकारकै तहबाट केही कदम चाल्न जरुरी छ ।’

    यसैगरि, योग साधक सुलोज श्रेष्ठले पनि तनाव हुने, रिसाउने, बिर्सिने जस्तो समस्याहरु देखिन थालेको भन्दै योग नियमित गर्न सुझाव दिन्छन् ।  उनले भने, ‘योग सबैभन्दा पहिला स्वास्थ्यलाई फाइदा गर्छ । स्वास्थ्य भन्दा एउटा शारीरिक र अर्को मानसिक हो । शारीरिक स्वास्थ्यमा शरीर निरोगी हुन्छ, मानसिक स्वास्थ्यलाई बढि फाइदा गर्छ । तनाव हुने, रिसाउने, बिर्सिने जस्तो समस्याहरु देखिन थालेकाले योग जरुरी भइसक्यो ।’

    योगको महत्वलाई बृद्धि गर्न र यसका बारेमा सजग गराउन स्कुल तहदेखि योग सिकाउनुपर्ने साथै सरकारी तहबाट नै यसलाई प्रवद्र्धन गर्न छुट्टै निकाय बनाउनु पर्ने पनि उनको भनाई छ । धेरैजसो नेपालीको रोग भनेको ग्याष्टिक र डिप्रेसन भएकाले यसको निधानका लागि  नियमित योग गर्नुपर्ने अर्का योग साधक शोभा शर्मा चौलागाइको धारणा छ । 
    उनी आफैं पनि लामो समय बिरामी भएकाले अहिले कुनैपनि औषधीबिना योगले नै रोग निको भएको दाबी पनि गर्छिन् ।  उनले भनिन्, ‘योग गरेपछि रोग हट्ने गरेको छ । नेपालीको रोग भनेर ग्याष्टिकलाई लिन्छन् । डिप्रेशन पनि बढि रहेको छ । यसका लागि योग धेरै नै फाइदाजनक हुन्छ । म धेरै विरामी परेको व्यक्ति भएपनि नियमित योग गरेका कारण रोग निको भएको र औषधी पनि प्रयोग छाडेको छु ।’

    उनले योगको अवस्था पहिले भन्दा अहिले धेरै राम्रो भए पनि यसलाई बढाउनको लागि ठाउँ ठाउँमा योग शिविर गर्नुपर्ने साथै योगबारे विद्यालयमा शिक्षा प्रदान गर्नुपर्ने आवश्यक भएको पनि उल्लेख गरेकी छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट