इङल्याण्डले भारतविरुद्धको जारी टेस्टमा ठोस शुरुवात गरेको छ । टेस्टको दोस्रो दिनको खेल सकिदा इङल्याण्डले आफ्नो पहिलो इनिङमा ३ विकेट गुमाउदै २०९ रन बनाएको छ ।
इङल्याण्डका लागि ओली पोपले शतक बनाए । पोपले १०० रन बनाएर खेलिरहेका छन् । त्यसैगरी बेन डकेटले ६२ रन बनाए भने जो रुट २८ रन बनाएर आउट भए ।
त्यस्तै इङल्याण्डका तिनै विकेट भारतका बलर जसप्रित बुमराहले लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले पहिलो इनिङमा ४७१ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्