त्रिकोणात्मक टी-२० सिरिजको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । नेपाल स्कटल्याण्डसँग ३४ रनले पराजित भएको हो ।
स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुदै १५९ रन मात्र बनाएको थियो । नेपालका लागि रुपेश सिंहले अविजित ४३ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ३४, कप्तान रोहित पौडेलले २७, आसिफ सेखले १४, भीम सार्कीले १२ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १९२ रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्ज मुनसीले सर्बाधिक ७८ रन बनाएका थिए भने ब्राण्डन म्याकुलनले ४२ रन बनाएका थिए । त्यस्तै माइकल लिस्कले अविजित २६ रन बनाए भने म्याथ्यु क्रसले १७ रन बनाएका थिए ।
त्यसैगरी नेपाल इब्ल्र कुशल भुर्तेलले २ विकेट लिए भने रुपेश सिंह, ललित राजबंशी र सन्दीप लामिछानेले एक एक विकेट लिए ।
योसँगै यो सिरिजमा स्कटल्याण्ड, नेपाल र नेदरल्याण्डसको ४-४ अंक भएको छ र रनरेटको आधारमा स्कटल्याण्डले सिरिज जितेको छ । तिनै देशले २ जित र २ हारसहित ४-४ अंक हासिल गरेका हुन् । नेपाल दोस्रो र नेदरल्याण्डस तेस्रो स्थानमा रहेको छ ।