Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

माधव नेपाललाई एमालेको जवाफः प्रधानमन्त्रीलाई जोडेर अभिव्यक्ति नदिनू, स्वास्थ्यलाई राम्रो गर्दैन

नेकपा एमालेका प्रमुख सचेतक तथा सांसद महेश बर्तौलाले माधव नेपालले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता गरेको आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् ।

आज (बिहीबार) संसद भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले संवैधानिक आयोगहरूले गरेका काम प्रक्रियामा प्रधानमन्त्रीले गर्‍यो भनेर आरोप लगाउँदै जाने र राज्यका अंगहरुको फितलो टिप्पणी गर्नु उपयुक्त नहुने बताएका हुन् ।

उनले भने, ‘यो उहाँहरूको प्रतिशोधपूर्ण अभिव्यक्ति हो । अरू केही नभएपछि यस प्रकारको आरोप लगाउने कुरा गर्नु उपयुक्त होइन । यो उहाँहरूको स्वास्थ्यलाई पनि राम्रो गर्दैन। संवैधानिक आयोगहरूले गरेका काम प्रक्रियामा हरेक कार्यमा प्रधानमन्त्रीले गर्‍यो भनेर आरोप लगाउँदै जाने र राज्यका अंगहरुप्रति यस प्रकारको फितलो टिप्पणी गर्नु राम्रो हुँदैन ।’