Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

निषेधित क्षेत्र घोषणाविरुद्ध राजावादीले लगेको रिट सर्वोच्चले दर्ता गर्न मानेन

अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता कार्यक्रम गर्न नपाउने गरी काठमाडौँ जिल्लाका विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकिएकोविरुद्ध राजावादीले दिएको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ ।

‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता स्वागत नेपाल र अधिवक्ता राधिका चम्लागाईंले संयुक्त रूपमा लगेको रिट बुधबार सर्वोच्च अदालतको प्रशासनले दरपीठ गरिदिएको हो। यसविरुद्ध आज पुनः निवेदन दिइने निवेदक नेपालले जानकारी दिएका छन्।

यही जेठ १७ देखि असार २३ सम्मका लागि केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहलाय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र शालिक हुँदै संग्रहालयको दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरेको काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दोस्रो सूचना जारी गरी जेठ १९ देखि २ महिनासम्मका लागि सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्य क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शनजस्ता कार्यक्रम गर्न निषेध गरेको छ ।

nishedit.png