Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

प्रधानमन्त्री ओलीले एकसाथ शिलान्यास गरेका ६४ सडक निर्माणमा १२ अर्ब ७० करोड खर्च हुने अनुमान

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको 'एक निर्वाचन क्षेत्र : एक सडक' कार्यक्रमअन्तर्गत ६४ वटा सडकको आज विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरेका छन् ।

धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो शिलान्यास गरेका हुन् । ती सबै सडक पाँच किलोमिटरका रहने मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।

६४ निर्वाचन क्षेत्रमा गरेर कुल ३२० किलोमिटर सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत सकेर शिलान्यास गरिएको बताइएको छ । यी सडक निर्माणमा कुल १२ अर्ब ७० करोड खर्च हुने अनुमान गरिएको छ ।

images
मन्त्रालयले विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत १९८ किलोमिटर कालोपत्रे सडक निर्माण, ३२६ किलोमिटर बृहत सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ ।