प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिने भएको छ ।
शनिबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्रज्ञा स्मृति प्रतिष्ठानले नेपाल पुलिस क्लव भुटीमण्डपमा जेठ २४ गतेदेखि प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ ।
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद विकास परिषद, बागमती हेटौडाको सहयोग साथै नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ र काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
प्रतिष्ठानकी अध्यक्ष रेनु दाहालले प्रतियोगितामा पुरुषतर्फ ५ वटा वजन समूह र पुरुषतर्फ ६०, ६५, ७०, ७५ तथा ७५ केजी मन्दा माथिका समूहबीच प्रतिस्पर्धा हुने र महिलातर्फ खुला प्रतिस्पर्धा हुने जानकारी दिइन् ।
उनले सबै जिल्ला तथा प्रदेशका महिला र पुरुष गरी १०० जनाको सहभागिताको अपेक्षा गरेको बताइन् । उनले प्रत्येक तौलका विजेता खेलाडीहरुलाई मेडल नगद पुरस्कार र प्रमाणपत्रले पुरस्कृत गरिनुका साथै विभिन्न विधामा पुरस्कारको कुल राशि १२ लाख १० हजार रहेको पनि जानकारी दिइन् ।
प्रतिष्ठानले स्व.ज्ञानु दहाल र स्व.प्रकाश दहालको स्मृतिमा स्थापनाकालदेखि नै स्वास्थ्य, खेलकुद पर्यटन विकासका क्षेत्रमा विविध गतिविधि संचालन गर्दै आइरहेको जानकारी दिइन् ।