सिटिजन बैंकले आफ्नो मोबाइल बैंकिङ एप, सिटिजन स्मार्टमा माई आस्बा (MY ASBA) (Application Supported by Blocked Amount) नामक नयाँ सुविधा समावेश गरेको छ। यस फिचरमार्फत ग्राहकहरूले आईपीओ, एफपीओ, र राइट शेयरका लागि आवेदन प्रक्रियालाई अझ सरल र सहज बनाउन सक्ने सिटिजन बैङ्कले बताएको छ ।
यस सुविधाले ग्राहकहरूको बैंक खाताबाट आवश्यक रकम ब्लक गरेर शेयर आवेदनको प्रक्रिया पूरा गर्न मद्दत गरिरहेको उक्त बैङ्कले जानकारी दिएको छ। ग्राहकहरूले डिम्याट खाता र बैंक खाता एपसँग लिंक गरेपछि यो सेवा प्रयोग गर्न सक्ने बैङ्कले बताएको छ। सिटिजन बैंकका अनुसार यो सेवा विशेष गरी शेयर लगानीकर्ताहरूलाई लक्षित गरेर सुरु गरिएको हो, जसले उनीहरूलाई लामो प्रक्रिया र कागजी आवेदन फारमबाट छुटकारा दिलाउन सहायक हुने छ।
सिटिजन स्मार्ट एपले डिजिटल बैंकिङलाई थप सुलभ र प्रभावकारी बनाउँदै नेपाली बैंकिङ क्षेत्रमा नवप्रवर्तनकारी कदम चालिरहेको छ। सिटिजन बैङ्ककी डिम्याट अस्बा प्रमुख रोजिना तिवारीसँग नेपालरैबारका लागी जिवन बनियाले गरेको कुराकानीको सम्पादित अंश:
माई आस्बा फिचर भनेको के हो?
माई आस्बा फिचर हाम्रो ग्राहकलाई सुलभ र आधुनिक सेवा प्रदान गर्न डिजाईन गरिएको एउटा प्रमुख सेवा हो। यसको पूर्ण रूप 'Application Supported by Blocked Amount' हो। यस फिचरले बैंकको मोबाइल बैंकिङबाट ग्राहकलाई आईपीओ, एफपीओ र राइट शेयरहरूको आवेदन गर्दा बैंक खाताबाट सोही समयमा आवश्यक रकम ब्लक गरेर आवेदन प्रक्रिया पूर्ण गर्न सहयोग पुर्याउँछ।
यस फिचरको प्रयोगले हामी ग्राहकको शेयर लगानी अनुभवलाई सहज, सुरक्षित, र छिटो बनाउने उद्देश्यले काम गरिरहेका छौं। ग्राहकले अब लामो लाइनमा बसेर कागजी फारम भर्ने झन्झटबाट मुक्ति पाउनेछन्। साथै, मोबाइल बैंकिङ एप 'सिटिजन स्मार्ट' मा यो फिचर समावेश गरिएको हुँदा ग्राहकले घरमै बसेर सरल रूपमा शेयर आवेदन प्रक्रिया गर्न सक्छन्। यो फिचरले नेपालको पुँजी बजारलाई डिजिटल युगमा अगाडि बढाउन र ग्राहक सेवा अनुभवलाई नयाँ उचाइमा पुर्याउन ठोस भूमिका खेल्ने छ ।
सिटीजन बैंकले अहिलेको समयमा माई आस्बा सेवा किन ल्यायो?
सिटीजन बैंकले माई आस्बा सेवा ल्याउनुको मुख्य कारण भनेको आईपीओ आवेदकहरूको बढ्दो मागलाई सम्बोधन गर्नु हो। यसले ग्राहकलाई आईपीओ आवेदन प्रक्रिया सरल र प्रभावकारी बनाउने उद्देश्य राखेको छ।
यो सेवा सुरु गर्नुको मुख्य उद्देश्य के हो?
आस्बा सेवाको मुख्य उद्देश्य भनेको आईपीओ आवेदन गर्दा ग्राहकको रकम सुरक्षित राख्दै प्रक्रिया छिटो र सजिलो बनाउनु हो। यसले ग्राहकलाई वित्तीय पारदर्शिता र विश्वसनीयता प्रदान गर्दछ।
ग्राहकलाई माई आस्बा सेवा प्रयोग गर्दा के फाइदा हुन्छ?
ग्राहकले माई आस्बा सेवा प्रयोग गर्दा सोही समयमा रकम ब्लक गरिन्छ। यसले ग्राहकलाई रकम सुरक्षित राख्न मद्दत गर्दछ। यसका साथै, आईपीओ आवेदन प्रक्रिया डिजिटल माध्यमबाट सहज बनाइन्छ। CRN दर्ता पनि बैंङ्क नगई यसै एप मार्फत सोही समयमा दर्ता गर्न सकिन्छ।
हालको आईपीओ आवेदकको भीडमा यो सेवा कत्तिको उपयोगी छ?
आईपीओ आवेदकको भीड व्यवस्थापन गर्न आस्बा सेवा अत्यन्त उपयोगी छ। यसले आवेदन प्रक्रिया छिटो बनाउँछ र बैंक तथा ग्राहक दुवैको समय बचत गराउँछ।
आस्बा प्रक्रिया ग्राहकका लागि कत्तिको सजिलो छ?
आस्बा प्रक्रिया ग्राहकका लागि अत्यन्त सजिलो छ। ग्राहकले आफ्नो बैंक खाता प्रयोग गरेर आईपीओ आवेदन गर्न सक्छन्, र रकम स्वतः ब्लक गरिन्छ।
डिजिटल प्रणालीमार्फत आस्बा सेवा कसरी उपलब्ध गराइन्छ?
डिजिटल प्रणालीमार्फत आस्बा सेवा बैंकको मोबाइल एप्लिकेसन मार्फत उपलब्ध गराइन्छ। ग्राहकले आफ्नो खाता विवरण प्रयोग गरेर आवेदन गर्न सक्छन्।
ग्रामीण क्षेत्रका ग्राहकहरूका लागि यो सेवा कसरी पुग्दैछ?
ग्रामीण क्षेत्रका ग्राहकहरूका लागि बैंकले शाखा विस्तार तथा डिजिटल पहुँचलाई प्राथमिकता दिएको छ। मोबाइल बैंकिङ तथा स्थानीय शाखामार्फत सेवा उपलब्ध गराइरहेका छौँ ।
यो सेवा प्रयोग गर्न के कस्ता प्रक्रिया अपनाउनु पर्दछ?
ग्राहकले यो सेवा प्रयोग गर्नकालागी बैंक खाता र डिम्याट खाता खोल्नुपर्ने हुन्छ। साथै, आईपीओ आवेदनका लागि आवश्यक विवरण भरेर यो सेवा प्रयोग गर्न सकिन्छ ।
अन्य बैंकहरूको तुलनामा सिटीजन बैंकको आस्बा सेवा कत्तिको फरक छ?
सिटीजन बैंकको आस्बा सेवा ग्राहकमैत्री र डिजिटल प्रविधिमा आधारित छ। यसले ग्राहकलाई छिटो, सुरक्षित, र प्रभावकारी सेवा प्रदान गर्दछ। यस सेवाले रेअल टाईममा रकम रोक्का गरी शएर आबेदन प्रमाणित वा अस्विकार भएको जानकारी छिटो पाउन सकिन्छ ।
हालैको आईपीओ बजारको चाप व्यवस्थापन गर्नका लागी बैंकले के उपाय अपनाएको छ?
बैंकले डिजिटल प्रणालीलाई प्राथमिकता दिँदै आईपीओ आवेदन प्रक्रिया छिटो बनाउन विभिन्न प्रविधि अपनाएको छ। यसका साथै, ग्राहकलाई सहजता प्रदान गर्न शाखाबाट सकिन्छ ।