शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सवा दुई करोड घोटाला प्रकरणः सेनाका पूर्व जमदार कारागार चलान

सवा दुई करोड घोटाला प्रकरणः सेनाका पूर्व जमदार कारागार चलान

बैशाख २८, २०८२ आइतवार
बैशाख २८, २०८२ आइतवार
  • सवा दुई करोड घोटाला प्रकरणः सेनाका पूर्व जमदार कारागार चलान

    सैनिक कल्याणकारी कोषको सवा दुई करोड घोटाला प्रकरणमा संलग्न रहेको अभियोगमा नेपाली सेनाका पूर्व जमदार आत्माराम थापा कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    अवकास भइसकेका दुई सैनिकविरुद्ध जिल्ला अदालतमा अभियोग दर्ता भएको छ । तर बहालवाला दुई सैनिकमाथि भने सेना आफैले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखेर छानबिन गरिरहेको सेनाले जनाएको छ ।

    कोर्ट अफ इन्क्वाएरीको क्रममा हिनामिनामा उनीहरुको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सलको प्रक्रिया अगाडि बढेको छ भने सैनिक ऐन अनुसार कारबाहीको दायरामा नपर्ने अवकाश भइसकेका दुई जनालाई कारबाहीको जिम्मा प्रहरीलाई दिइएको थियो ।

    army.png

    जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धानपछि अवकाशप्राप्त दुई जनाविरुद्ध पनि अदालतमा मुद्दा दायर भएको छ। उनीहरु यसअघि सैनिक कल्याणकारी कोषमा कार्यरत रहँदा चार जनाले सवा दुई करोड घोटाला गरेको आरोप छ।नेपाली सेनाले कोर्ट अफ इन्क्वाएरीका क्रममा उनीहरुको पनि संलग्नता पुष्टि भएपछि थप कारबाहीका लागि काठमाडौँ प्रहरीलाई जिम्मा लगाएको थियो । प्रहरीले सेनाको जमदारबाट अवकाश भइसकेका आत्मराम थापालाई पक्राउ गरे पनि अधिकारी भने अमेरिका पुगिसकेका छन् ।

    करिब सात वर्ष पहिले २०७४ सालदेखि नै सैनिक कल्याणकारी निर्देशनालबाट रकम घोटाला भए पनि यसको सात वर्षपछि मात्रै सेनाले थाहा पाएको थियो । आवास तथा बीमा वापतको रकमबाट १३ कात्तिक २०७४ देखि २६ भदौ २०७५ सम्मको अवधिमा रकम घोटाला भएको थियो । यो अवधिको बीचमा १४४ वटा चेकबाट १ करोड ७४ लाख २१ हजार ३२९ रुपैयाँ अपचलन भएको थियो ।

    त्यसैगरी ९ फागुन २०७३ देखि १७ असोज २०७५ सम्म ४० वटा चेकमार्फत ४७ लाख ६४ हजार १८५ रुपैयाँ रकम अपचलन गरेको बताइएको छ । यो अवधिमा उक्त शाखामा कार्यरत जमदार कर्मचारी थापा कार्यरत थिए । उनैले विभिन्न व्यक्तिका काल्पनिक नाम उल्लेख गरी रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको छ।

    यसरी रकम अपचलनमा संलग्न भएका पूर्वजमदार थापा २२ पुस २०५९ मा अमल्दार कर्मचारीको रूपमा सेनामा भर्ना भएका थिए। उनी २०७३ देखि २०७५ को बीचमा सैनिक कल्याणकारी निर्देशनालय अन्तर्गतको आवास तथा बीमा शाखा भद्रकालीमा कार्यरत थिए । यो बीचमा उक्त निर्देशनालयमा तत्कालीन सेनानी लक्ष्मण अधिकारी, तत्कालीन सेनानी बोधराज कार्की र तत्कालीन प्रमुख सेनानी रोशन खड्का कार्यरत थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार