शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ललितपुरमा एक करोड २६ लाखमा बन्यो अत्याधुनिक सार्वजनिक शौचालय

ललितपुरमा एक करोड २६ लाखमा बन्यो अत्याधुनिक सार्वजनिक शौचालय

बैशाख २१, २०८२ आइतवार
बैशाख २१, २०८२ आइतवार
  • ललितपुरमा एक करोड २६ लाखमा बन्यो अत्याधुनिक सार्वजनिक शौचालय

    ललितपुर महानगरले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय संचालनमा आएको छ । आइतबार आधुनिक प्रविधिको अपाङ्गतामैत्री शौचालय ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनद्वारा समुद्घाटन गरिएको हो ।

    उक्त समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख चिरिबाबु महर्जनले यो शौचालयलाई सफा र राम्रोसँग प्रयोग गर्नुपर्ने बताए  । उनले स्मार्ट ट्वाइलेट बनाउने अभियान अन्तरगत नै ललितपुर महानगरपालिकाले यो अपाङ्गमैत्री शौचालय बनाएको बताए । उनले भने, ‘धेरै प्रतिक्षापछि अत्याधुनिक पर्यटनमैत्री र अपाङ्गमैत्री शौचालयको निर्माण हुन गयो । यो शौचालयलाई कसैले पनि जतिसुकै लामो श्वास ताने पनि नगनाउने शौचालयलाई प्रयोग गर्नुपर्छ । यसको लागि महानगरपालिका सहकार्य गर्न तयार छ । महानगरले स्मार्ट ट्वाइलेट बनाउने अभियान सुरु गर्यो । सो अभियान अन्र्तगत धेरैवटा शौचालय बनाएका छौं । सो मध्ये टेक्नोलोजीको रुपमा शौचालयमै नुहाउने कक्षसहित धेरै शौचालय बनायौं तर यो शौचालयलाई आधुनिक प्रविधिको अपाङ्गतामैत्री शौचालय भनेका छौं ।’

    साथै उनले  विधि र प्रक्रिया पुरा गर्दा गर्दै शौचालय निर्माणका लागि केही समय लागेपनि शौचालय निर्माणको काम सम्पन्न भएको बताए । उनले भने, ‘हाम्रो सहरको मौलिकता झल्कने गरी शौचालय बनाएका छौं, यो शौचालयले अब आन्तरिक र बाह्य पर्यटकका लागि सहज हुन्छ । ’  पाटन दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई शौचालय खोज्न भौतारिनु नपर्ने बताए । प्रमुख महर्जनले शौचालय निर्माण महानगरको मात्रै नभई सम्पूर्ण पालिकाको लागि ‘सो केस प्रोजेक्ट’ भएको बताए ।

    Photo (4).jpg

    आधुनिक प्रविधिको अपाङगतामैत्री शौचालयमा पुरुषको लागि ६ वटा युरेनलसहितको तीनवटा शौचालय, महिलाको लागि ६ वटा शौचालय, एकवटा अपाङगतामैत्री शौचालय,  एक वटा स्तनपान कक्ष राखिएको छ । अत्याधुनिक स्यानिटी सामग्री समेत रहेको छ । संस्कृति पर्यटन मन्त्रालयका सचिव बिनोद प्रकाश सिंह आन्तरिक र बाह्य पर्यटकलाई शौचालय निर्माणले सहज बनाएको बताउँदै पुरातात्विक मौलिकतालाई प्राथमिकतामा राख्नु महत्वपूर्ण भएको बताए ।

    ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ ऐतिहासिक र पुरातात्विक महत्वलाई ध्यानमा राखेर शौचालयको भवन निर्माण गरेको बताइन् । पर्यटकलाई सुविधा दिदैँ पुरातात्विक महत्व पनि कायम राख्ने गरी महानगरले  अत्याधुनिक पर्यटकीय शौचालय निर्माण गरेको बताइन् । महानगरको यो परियोजनासम्पदा र आधुनिकताको समिश्रणयुक्त परियोजना भएको बताइन् । महानगरका प्रवक्ता राजु महर्जन पूर्वाधार निर्माणका अन्य अवयवमध्ये सार्वजनिक शौचालय पनि एक हो भएको बताए । ललितपुर महानगरको २९ वटा वडामध्ये धेरै वटा वडामा सार्वजनिक शौचालय निर्माण भइरहेको बताए । पाटन दरबार क्षेत्रमा अत्याधुनिक शौचालय अत्यावश्यक भएको बताए ।

    उनले भने, ‘शौचालय अति आवश्यक कुरा हो, अब हामी आवश्यकता हेरेर बनाउँछौ ।’ पूर्वाधार निर्माण महाशाखा प्रमुख प्रदीप पौडेलले पब्लिक स्यानिटेसनलाई सुधार गर्नका लागि यो महत्वपूर्ण परियोजना भएको बताए । सम्पदा क्षेत्रको पुरातात्विक मौलिकतामा ध्यान दिई शौचालयको बाहिरी वनावट काष्ठकला र चुनासुर्की सहितको माअप इँटाको प्रयोग भएको छ । शौचालयको छाना झिंगटी टायलसहित दुई पाखे गरी निर्माण गरिएको छ ।  महानगरका अनुसार कुल लागत एक करोड २६ लाखमा शौचालय निर्माण भएको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट