शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नारायणी अस्पतालमा पौने दुई करोड भ्रष्टाचार, तत्कालीन मेसुसहित नौं जनाविरुद्ध मुद्दा दायर

नारायणी अस्पतालमा पौने दुई करोड भ्रष्टाचार, तत्कालीन मेसुसहित नौं जनाविरुद्ध मुद्दा दायर

बैशाख २१, २०८२ आइतवार
बैशाख २१, २०८२ आइतवार
  • नारायणी अस्पतालमा पौने दुई करोड भ्रष्टाचार, तत्कालीन मेसुसहित नौं जनाविरुद्ध मुद्दा दायर

    पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नौं जना र ठेकेदार कम्पनीमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुर समेत नौं जना र लुम्बिनी–मिसन जेभीमाथि सार्वजनिक सम्पत्ति हानी–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो ।  अख्तियारले प्रतिवादीसँग एक करोड ८४ लाख ३८ हजार ४५८ रूपैयाँ बिगो दाबी गरेको छ ।

    अन्य प्रतिवादीमा शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह, इन्जिनियर म. सकुर अन्सारी, अस्पतालका नासु सुशीलप्रसाद यादव र तत्कालीन लेखापाल सुदीपकुमार माझी, मूल्यांकन समिति संयोजक डा. वीरेन्द्रबहादुर प्रधान र सदस्य सचिव माधवी चौधरी, ठेकेदार कम्पनी मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्मा र लुम्बिनी मिसन जेभी छन् ।

    आर्थिक वर्ष २०७७/७८ मा भवन निर्माणको ठेक्कामा कूल लागतको ३.५ प्रतिशत हिस्सा इन्टरलक ब्लक बिछ्याउनु पर्ने काममा ठेकेदारसँगको मिलेमतोमा एक मात्र प्रतिष्पर्धी लक्षित गरी ठेक्का सम्झौता गरिएको पाइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट