शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

चार सय वर्ष पुरानो शिवालय मन्दिर ओझेलमा

चार सय वर्ष पुरानो शिवालय मन्दिर ओझेलमा

बैशाख १६, २०८२ मंगलवार
बैशाख १६, २०८२ मंगलवार
  • चार सय वर्ष पुरानो शिवालय मन्दिर ओझेलमा

    बर्दियाको बढैयाताल गाउँपालिका–७, बोकटिया गाउँमा अवस्थित चार सय वर्ष पुरानो शिवालय मन्दिर ओझेलमा परेको छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको मन्दिर संरक्षण र प्रचारप्रसारका लागि पहल नहुँदा ओझेलमा परेको हो ।

    मन्दिरभित्रका भित्तामा पालि भाषामा लेखिएका अक्षर छन् । पुरातत्व विभागका अनुसार मन्दिर र परिसरमा रहेको साँढेको प्रतिमा करिब चार सय वर्ष पुरानो छ । यति पुरानो मन्दिर भए पनि संरक्षण गर्न नसक्दा यहाँका पुरातात्विक महत्वका सामग्री हराउँदै छन् । करिब २०–२२ वर्षअघि मन्दिरभित्र रहेको शिव, पार्वती र गणेश भगवान्को मूर्ति हराइसकेको छ । साँढेको मूर्ति भने बाँकी नै छ ।

    समाजसेवी तथा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य कबिराम थारूको पहलमा विसं २०७९ मा मन्दिर त पुनःनिर्माण गरिएको छ तर त्यसको प्रचार नहुँदा पर्यटकीय गतिविधिमा धेरै सुधार हुनसकेको छैन । प्रदेश सरकारको एक करोडको लगानीमा यहाँ धार्मिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित पुरानै शैलीमा मन्दिर पुनःनिर्माण गरिएको हो । करिब तीन कट्ठा क्षेत्रफलमा रहेको यो क्षेत्रमा करिब ६१ फिट अग्लो मन्दिर छ ।

    पुनःनिर्माणपछि मन्दिरभित्र नयाँ शिवलिङ्गसहित शिव, पार्वती र गणेशका मूर्तिहरू स्थापना गरिएका छन् । मन्दिर अगाडि रहेको ऐतिहासिक साँढे (स्थानीय भाषा मार्बद) को मूर्ति भने जस्ताको तस्तै सुरक्षित गरिएको छ ।

    बोकटिया गाउँका ज्येष्ठ नागरिक ८२ वर्षीय शङ्कर थारुका अनुसार करिब सात दशकअघि मन्दिर निकै आकर्षक र धार्मिक आस्थाको केन्द्र थियो । मन्दिरभित्र हातले कुँदिएका विभिन्न प्राचीन मूर्ति थिए । त्यो हेर्न आन्तरिक धार्मिक पर्यटकको लाम लाग्थ्यो । उनेले भने, “२० वर्षअघि मात्र यहाँ शिव, पार्वती, गणेश र साँढेको मूर्ति थिए । शिवरात्रिमा एक हप्ता भजनकिर्तन, पूजापाठ र भण्डारा चल्थ्यो । कुनै समय सन्तान प्राप्तिको कामना गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वाससहित भक्तजनको घुइँचो लाग्थ्यो । हाल त्यस्तो अवस्था छैन ।”

    ज्येष्ठ नागरिक थारुका अनुसार मन्दिरसँगै इनार थियो, त्यहाँ चार वटा मूलबाट पानी आउँथ्यो र पानी कहिल्यै सुक्दैनथ्यो ।

    स्थानीय बड्घर ठग्गु थारूका अनुसार एक सय ६० भन्दा धेरै घरधुरी रहेको थारुबस्तीको मझगाउँमा रहेको मन्दिर परिसरको सो ऐतिहासिक इनार संरक्षणको अभावमा जीर्ण अवस्थामा छ । मन्दिर र इनारको संरक्षण गर्दै धार्मिक कार्यक्रम पुनः सञ्चालन र प्रचारप्रसार गर्न उनको आग्रह छ ।

    मन्दिर क्षेत्रको उचित संरक्षण र प्रवर्द्धन गरिएमा यहाँ आन्तरिक तथा बाह्य धार्मिक पर्यटनको विकास भई स्थानीयले प्रत्यक्ष लाभ लिनसक्ने यहाँका अगुवाहरूको भनाइ छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार