शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राजावादीलाई कांग्रेसको चेतावनीः नारायणहिटीमा राजा फर्काउन चिना नहेरे हुुन्छ

राजावादीलाई कांग्रेसको चेतावनीः नारायणहिटीमा राजा फर्काउन चिना नहेरे हुुन्छ

‘अमेरिका जस्तो देश खोजेर नेपालमा सम्भव छैन’

बैशाख १२, २०८२ शुक्रवार
बैशाख १२, २०८२ शुक्रवार
  • राजावादीलाई कांग्रेसको चेतावनीः नारायणहिटीमा राजा फर्काउन चिना नहेरे हुुन्छ

    नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले दैनिक सरकार परिवर्तनको हल्ला चलाएर देशमा अस्थिरता सिर्जना गर्ने प्रयत्न भइरहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा उनले धमिलो पानीमा माछा मार्ने प्रयत्न भएको बताए । ‘दैनिक सरकार परिवर्तनको हल्ला चलाएर मुलुकमा अस्थिरता सिर्जना गर्ने प्रयत्न हुँदै छ। विभिन्न वादका नाममा अशान्ति मच्चाएर धमिलो पानीमा माछा मार्ने प्रयत्न विभिन्न कोणबाट भइरहेको देखिन्छ’, उनले भने, ‘त्यसलाई परिवर्तनका पक्षधर सबै शक्तिले निस्तेज पार्न आवश्यक छ।’

    उनले नेपालको राजतन्त्रमा संवैधानिक भएर बस्ने स्वभाव नभएको बताए । ‘नेपालको राजतन्त्रमा संवैधानिक भएर बस्ने स्वभाव नै छैन । राजामा रहेको राजकीय अधिकारको दम्भ एवं शासन गर्ने तीव्र आकांक्षाले मुलुकलाई गणतन्त्रमा पुर्‍याएको हो’, उनले भने, ‘नेपाली कांग्रेसलाई दिशा बदल्न बाध्य पारिएको हो । यसका लागि राजतन्त्र आफै दोषी छ ।’


    घिमिरेले राजावादीलाई आन्दोलन गरेर पूर्वराजालाई नारायणहिटीमा पुर्‍याउने नसोच्न चेतावनी दिए । उनले चिना, टिपन हेर्न आवश्यक नभएको बताए । ‘कसैले आन्दोलन गरेर नारायणहिटीमा राजालाई पुर्‍याएर यो देशको कल्याण हुन्छ भन्ने नसोचे हुन्छ, चिना टिपन नहेरे हुन्छ । त्यसका लागि गरिएको सम्पूर्ण प्रयत्न व्यर्थ हुनेछन्’, उनले भने । घिमिरेले राजनीतिक आन्दोलन केटाकेटीको खेल नभएको टिप्पणी गरे ।

    ‘अमेरिका जस्तो देश खोजेर नेपालमा सम्भव छैन’
    सत्तारुढ नेपाली कांग्रेसले देशमा व्यवस्था मात्रै परिवर्तन नभइ अवस्था पनि परिवर्तन भएको प्रष्टै आँखाले देखिएको दाबी गरेको छ। आजबाट सुरु भएको बजेट अधिवेशनमा पार्टीको तर्फबाट समय लिएर बोल्ने क्रममा प्रमुख सचेतक श्याम घिमिरेले पछिल्लो २० वर्षमा आँखाले देखिनेगरी धेरै परिवर्तन भएको जिकिर गरे।

    ‘विगतको २० वर्षमा केही पनि भएन, व्यवस्था मात्रै परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने तर्कमा कुनै सत्यता देखिँदैन,’ उनले भने, ‘व्यवस्था सँगसँगै अवस्थामा पनि ठूलो परिवर्तन भएको हामीले महसुस गरेका छौं।’ संसारको तुलना गर्ने हो भने अमेरिका जस्तो देश नेपालमा खोजेर सम्भव नहुने तर्क उनले गरे।

    ‘तथ्यांकले मात्रै होइन यो हाम्रो आँखाले पनि देख्नेगरी आजभन्दा २० वर्ष अगाडिको समाज र अहिलेको समाजलाई हामीले तुलनात्मक ढंगले हेर्‍यौं भने निश्चय पनि यो हामीले देख्न सक्छौं,’ घिमिरेले भने, ‘संसारको तुलना गर्ने हो भने अमेरिकाजस्तो देश खोजेर आज नेपालमा सम्भव नहोला।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार