Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सत्ता गठबन्धनबीच कुनै विवाद छैन्, सबै हल्ला मात्रै हुन् - शेर बहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सत्ता गठबन्धनबीच कुनै विवाद नरहेको बताएका छन् ।

थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौं आइपगेका सभापति देउवाले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन् ।

सत्ता गठबन्धनबीच खटपट सुरु भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्तो केहि नरहेको उनले बताए । सत्ता समिकरण परिवर्तन हुने कुरामा समेत सत्यता नरहेको देउवाको भनाइ छ ।

उनले भने, ‘एमाले कांग्रेस गठबन्धमा कुनै विवाद छैन । सत्ता समीकरण फेरबदल हुने भन्ने सबै हल्ला मात्रै हुन्, त्यस्तो केही छैन ।’ सभापति देउवा स–परिवार थाइल्यान्ड भ्रमणमा गएका थिए ।