शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारियो, निषेधित क्षेत्र तोड्न नदिने तयारीमा सुरक्षाकर्मी

काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारियो, निषेधित क्षेत्र तोड्न नदिने तयारीमा सुरक्षाकर्मी

बैशाख ७, २०८२ आइतवार
बैशाख ७, २०८२ आइतवार
  • काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारियो, निषेधित क्षेत्र तोड्न नदिने तयारीमा सुरक्षाकर्मी

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज काठमाडौंमा हुने प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालयलगायतका क्षेत्रमा अरु दिनको तुलनामा आज सुरक्षाकर्मी बाक्लो संख्यामा खटाइएको छ । प्रदर्शनस्थल र अन्य कार्यक्रम नतोकी राप्रपाले निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि उपत्यकाभरका प्रहरीलाई ‘स्ट्याण्डबाई’ ड्युटीमा राखिएको छ ।

    केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार आम नागरिकको दैनिक जीवन प्रभावित नहुने गरी प्रहरी ड्युटी खटाइएको छ । त्यसक्रममा बिहानैदेखि निषेधित क्षेत्रको सुरक्षाका लागि ‘सर्च एण्ड कर्डन’ ड्युटीमा प्रहरीलाई खटाइएको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेक तामाङले राप्रपाको प्रदर्शनलाई लक्षित गरी सुरक्षा रणनीति तयार जानकारी दिएका छन् । त्यसका लागि आवश्यक सुरक्षाकर्मीहरुलाई विभिन्न ठाउँमा परिचालन गरिएको जानकारी पनि दिए । उनका अनुसार निषेधित क्षेत्र तोड्न नदिने र यदि तोड्ने प्रयास भए बल प्रयोग गर्नेसम्मको तयारी छ ।

    ‘प्रदर्शनलाई शान्तिपूर्ण बनाउने प्रयास हाम्रो रहन्छ, त्यसका लागि आवश्यक सुरक्षाकर्मी ठाउँ–ठाउँमा परिचालन गरेका छौं,’ एआईजी तामाङले भने, ‘कुनै पनि हालतमा निषेधित क्षेत्र तोड्न दिँदैनौं। यदि तोड्न खोजे बल प्रयोग गर्नुपर्ने अवस्था पनि हुनसक्छ ।’ राप्रपाले राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै आज बिहान ११ बजे काठमाडौंको बिजुलीबजारमा आज प्रदर्शन गर्दैछ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्न लागेको बताएका छन् । यो प्रदर्शनबाट नडराउन पनि उनले सरकारलाई भनेका छन् ।

    लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, योयो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं ।’ यसअघि राप्रपाले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्ने निर्णय गरेको जानकारी दिएको थियो । गृह मन्त्रालयले राप्रपाको निर्णयप्रति ध्यानाकर्षण भएको जनाउँदै निषेधित क्षेत्र तोड्न खोजे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार