शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बुटवलमा महिलामाथि गोली प्रहार

बुटवलमा महिलामाथि गोली प्रहार

बैशाख ६, २०८२ शनिवार
बैशाख ६, २०८२ शनिवार
  • बुटवलमा महिलामाथि गोली प्रहार

    बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ । शनिबार बिहान करिब साढे ९ बजे बुटवल–११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो।

     क्षेत्रीको ढाडमा गोली लागेको बुटवल प्रहरीले जनाएको छ। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । पाल्पा घर भएकी क्षेत्री बुटवल बस्दै आएकी थिइन् ।

    बिष्टको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

     केही दिनअघि विष्टको एक जना भारतीय युवकसँग विवाद भएकाले पाइएकाले उनले नै गोली हानेको हुनसक्ने स्थानीय आशंका गरेको रानाले जानकारी दिएका छन् । घटनाबारे विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार