शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पत्रकार हुँ भन्दै धम्की दिएर रकम असुल्ने एक जना पक्राउ

पत्रकार हुँ भन्दै धम्की दिएर रकम असुल्ने एक जना पक्राउ

बैशाख ५, २०८२ शुक्रवार
बैशाख ५, २०८२ शुक्रवार
  • पत्रकार हुँ भन्दै धम्की दिएर रकम असुल्ने एक जना पक्राउ

    व्यापारीहरूलाई धाकधम्की, अभद्र व्यवहार गरी रकम असुली गर्ने कार्यमा संग्लन रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    व्यापारीहरूलाई पत्रकार हुँ भन्दै धम्की दिई रकम असुल्ने गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा घर भई हाल वीरगञ्ज–१६ नवगा टोल बस्ने ४५ वर्षीय विष्णु सर्राफलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

    यहाँका व्यापार व्यवसायीलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने जस्ता कार्य भई रहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलिले बाराको प्रसौनी गण्डक चोकबाट बिहीबार सर्राफलाई पक्राउ गरेको हो ।

    बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार पक्राउ परेका सर्राफमाथि धम्की, अभद्र व्यवहार र रकम असुली गरेको आरोपमा थप अनुसन्धान भइरहेको छ । गैरकानुनी गतिविधिमा संलग्न अन्यको पनि खोजी कार्य भैइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट