Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, १ नम्बरमा चन्द्रकुवेर खापुङ (सूचिसहित)

नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् । आज बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवाको १ नम्बर सूचीमा चन्द्रकुवेर खापुङ छन् ।

त्यसपछि क्रमशः लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी छन् । उनीहरुलाई डीआईजीमा बढुवा भएको वरियता अनुसार नै एआईजीमा बढुवा सिफारिस गरिएको छ ।

एआईजी सिफारिस भएका खापुङ, आचार्य र शर्मा २०५२ साल कात्तित्तकमा भर्ना भएका हुन् । बाँकी तीन जना २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन् ।

police(3).jpg