पूर्वडिआइजी छविलाल जोशीलाई उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च अदालतले आदेश गरेको छ।
न्यायाधीश विनोद शर्माको इजलासले छविलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो ।
बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपित एवं पूर्वडीआईजी जोशीले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
उच्च अदालतले चैत २२ गते जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यसपछि जोशीले चैत ३१ गते बेरितको आदेश बदर गरी पाउँ भन्दै सर्वोच्चमा निवेदन दायर गरेका थिए।