Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

तीनकुनेको राजावादी प्रदर्शन: भाटभटेनीमा भुईंका स्याउ, सुन्तला टिप्ने ८ जना छुटे, ७४ जना अझै हिरासतमा

तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका मध्ये ८ जनालाई हाजिर जमानीमा छाडिएको छ ।

हाजिर जमानीमा छाड्न सरकारी वकिल कार्यालयले समेत सहमति दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आठ जनालाई छाडेको हो । हाजिर जमानीमा छुट्नेहरू भाटभटेनी तोडफोड हुँदा भुईंका स्याउ, सुन्तला टिप्नेहरू रहेको प्रहरीले बतायो ।

जसमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सस्मिता बराल छन् । पहिलो पटक ६ जनालाई हाजिर जमानीमा छाड्ने सरकारी वलिक कार्यालय सहमति दिएपछि ६ जनालाई छाडिएको थियो । पछि थप दुई जनालाई छाडिएको थियो ।

उनीहरू हाजिरी जमानीमा छुटे पनि मुद्दा भने चलिरहने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले बताए । तीनकुने घटनामा अहिलेसम्म ८२ जना पक्राउ परेर मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ ।

ती मध्ये ८ जनालाई हाजिरी जमानीमा बाहिर राखेर अनुसन्धान गरिएको छ भने ७४ जना अहिले पनि परिसरकै हिरासतमा छन् ।