शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बजेट अभावले खानेपानी आयोजना अलपत्र

बजेट अभावले खानेपानी आयोजना अलपत्र

बैशाख २, २०८२ मंगलवार
बैशाख २, २०८२ मंगलवार
  • बजेट अभावले खानेपानी आयोजना अलपत्र

    बजेट अभावका कारण कैलाली र कञ्चनपुरमा सञ्चालित खानेपानीका आयोजना वर्षौंदेखि अलपत्र परेका छन्। आर्थिक वर्ष २०७१/७२ देखि सञ्चालित सङ्घीय सशर्त अनुदानका कैलाली र कञ्चनपुरमा ९० वटा आयोजना अझै सम्पन्न हुन सकेका छैनन् ।

    यी आयोजनाबाट करिब दुई अर्ब दायित्व सिर्जन भएको खानेपाली तथा सरसफाइ डिभिजन कार्यालय कैलालीले जनाएको छ । प्रत्येक वर्ष न्यून बजेट विनियोजन हुनेहुँदा आयोजना सम्पन्न भएकाले प्रतिफल समेत प्राप्त नभएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर ग्रिष्म थापाले बताए ।

    थापाका अनुसार जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गतका कैलालीमा ३२ र कञ्चनपुरमा २२ वटा खानेपानी आयोजना अधुरा छन् । यी आयोजनाका लागि पर्याप्त बजेट नआउँदा सम्पन्न हुन नसक्नुका साथै एकातिर लागत वृद्धि भइरहेको छ भने अर्कोतिर नागरिकले स्वच्छ पिउने पानी पाउन नसकेका उनले बताए । यी आयोजना सम्पन्न गर्न सरकारले पर्याप्त बजेट विनियोजन गरेमा एक वर्षमा सम्पन्न हुनसक्ने उनको भनाइ छ ।

    कार्यालयका अनुसार सङ्घीय सरकारले आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन नगर्दा योजना अलपत्र परेका हुन् । कैलाली र कञ्चनपुरमा सञ्चालित कतिपय आयोजनाका भौतिक संरचना तयार भए पनि आवश्यक बजेट विनियोजन नहुँदा पाइप बिछ्याउन सकिएको छैन । बजेट अभावमा पाइप लाइन बिछ्याउन नसक्दा भौतिक संरचना तयार भएका योजना पनि सञ्चालनमा आउन नसकेको जनाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार रु १० करोडका आयोजनामा वार्षिक रु दुई–चार लाख बजेट विनियोजन हुँदै आएकाले विनियोजन हुने बजेटको अनुपातमा काम सम्पन्न गर्न अझै वर्षौं लाग्ने देखिएको छ ।

    दशदेखि १५ हजार जनसंख्या लाभान्वित हुने आयोजना सम्पन्न गर्न रु तीनदेखि रु छ करोड बजेट आवश्यक देखिएकामा न्यून बजेट विनियोजन हुने गरेकाले काम अलपत्र परेका इञ्जिनियर थापाले बताए । डिपबोरिङ, ओभरहेड, कम्पाउन्ड वाल र अफिस घरलगायत भौतिक संरचना तयार भइसकेका आयोजनामा पाइप बिछ्याउन बजेट नपुगेर खानेपानी सञ्चालनमा ल्याउन नसकिएको भन्दै तयार भएका आयोजनाका संरचना जीर्ण हुँदै गएका उनको भनाइ छ।

    आयोजना धेरै बाँडेर बजेट कम विनियोजन हुँदा सम्पन्न गर्ने समयावधि लम्बिँदै गएको इञ्जिनियर थापाले उल्लेख गरे। संघीय सरकारले कार्यान्वयन र रेखदेखका लागि प्रदेश सरकारलाई हस्तान्तरण गरेका खानेपानी आयोजनामा संघीय सरकारले बजेट हाल्ने र प्रदेश सरकारले कार्यान्वयन गर्दै आएको छ । न्यून बजेट विनियोजनले निर्माण भइरहेका आयोजना सम्पन्न गर्न अझै समय लाग्ने उनको भनाइ छ । आधारभूत खानेपानी सबै नागरिकलाई समयमा पुर्‍याउन बजेट बढाउनुपर्नेमा इञ्जिनियर थापाले जोड दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशका १२ प्रतिशत नागरिकमा अझै पनि आधारभूत खानेपानीको सुविधा पुगेको छैन ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट