शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

विद्यालय बन्ददेखि कक्षा १२ को परीक्षा बहिष्कार गर्ने शिक्षक महासंघको निर्णय

विद्यालय बन्ददेखि कक्षा १२ को परीक्षा बहिष्कार गर्ने शिक्षक महासंघको निर्णय

बैशाख १, २०८२ सोमवार
बैशाख १, २०८२ सोमवार
  • विद्यालय बन्ददेखि कक्षा १२ को परीक्षा बहिष्कार गर्ने शिक्षक महासंघको निर्णय

    नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ ।

    महासंघको आज (सोमबार) बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको हो । कक्षा १२ को परीक्षामा कोही पनि शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरिएको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

    कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ ।

    सरकारले भर्ना अभियान घोषणा गरेको छ । तर महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको छ। ‘स्कुल बन्द गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष सुवेदीले भने । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । महासंघले शैक्षिक हड्ताल समेत घोषणा गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार