शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एक वर्षमा कतिले गरे पाथीभरा दर्शन?

एक वर्षमा कतिले गरे पाथीभरा दर्शन?

बैशाख १, २०८२ सोमवार
बैशाख १, २०८२ सोमवार
  • एक वर्षमा कतिले गरे पाथीभरा दर्शन?

    ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा विसं २०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।

    सोही अवधिमा झन्डै रु तीन करोड पाँच लाखभन्दा बढी भेटीघाटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार, वर्षभरिमा दुई लाख २१ हजार ६०२ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए ।

    तीमध्ये सबैभन्दा बढी कात्तिकमा ६१ हजार १७३ भक्तजन पाथीभरा पुगेका थिए । उक्त अवधिमा कुल रु तीन करोड पाँच लाख ५६ हजार १२ भेटीघाटी सङ्कलन भएको समितिले जनाएको छ । आम नागरिक र सञ्चारकर्मीलाई जानकारी दिन तथा पारदर्शिता सुनिश्चित गर्न समितिले मासिक रूपमा दर्शनार्थी र भेटीघाटी विवरण सार्वजनिक गर्दै आएको छ ।

    समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पछिल्लो समय भारतसहित विभिन्न देशबाट श्रद्धालुहरूको उल्लेखनीय आगमन भइरहेको छ । साथै, पारदर्शिता कायम राख्न मासिक विवरण प्रकाशनको अभ्यासलाई निरन्तरता दिइएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार