Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

राजतन्त्र भुत भइसक्यो, भविष्य होइनः गोकुल बाँस्कोटा

सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नेपालमा राजतन्त्रको भविष्य सकिसकेको बताएका छन्।

काभ्रेमा प्रेस चौतारी नेपालले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपालमा राजतन्त्रको भविष्य समाप्त भइसकेको छ, । १८ वर्षअघि नै नेपालमा राजतन्त्र भूत भइसक्यो, भविष्य होइन ।’ नेपाल लोकतन्त्रको राजमार्गमा आफ्ना कमजोरी र त्यसका बलिया कुराहरूलाई थप व्यवस्थित, परिमार्जित र दृढ निश्चयका साथ नेपाली समाजलाई अगाडि बढाउन दृढता पूर्वक लागिरहेको बाँस्कोटाको भनाइ थियो ।