शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

म्यानमारबाट फर्किएको सेनाको टोलीलाई जङ्गी अड्डामा सम्मान

म्यानमारबाट फर्किएको सेनाको टोलीलाई जङ्गी अड्डामा सम्मान

चैत्र ३१, २०८१ आइतवार
चैत्र ३१, २०८१ आइतवार
  • म्यानमारबाट फर्किएको सेनाको टोलीलाई जङ्गी अड्डामा सम्मान

    म्यानमारमा विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारका लागि खटिई स्वदेश फर्किएको नेपाली सेनाको टोलीलाई सम्मान गरिएको छ ।

    नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जा २३ जनालाई प्रधानसेनापति अशोक राज सिग्देलले आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति प्रशंसा निसानद्वारा सम्मान गरेका छन् ।

    म्यानमारमा गएको विनाशकारी भूकम्पमा घाइते भएकाहरूलाई तत्काल स्वास्थ्य उपचार प्रदान गर्नका लागि नेपाल सरकारको निर्णय बमोजिम नेपाली सेनाको चिकित्सकीय, बन्दोबस्ती सहायता र क्रु मेम्बरसहितको टोली चैत २० गते म्यानमार प्रस्थान गरेको थियो । यो टोली चैत २९ गते स्वदेश फिर्ता भएको थियो ।

    शल्यक्रिया विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकसहित खटिएको टोलीले म्यानमारको म्याण्डलेस्थित यामथिन शहरमा स्वास्थ्य शिविर स्थापना गरी १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाड जोर्नी सम्बन्धी उपचार र ९६५ जना बिरामीलाई ओपीडी सेवा प्रदान गरेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार