शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बुटवल–नारायणगढ सडक सञ्चालन

बुटवल–नारायणगढ सडक सञ्चालन

चैत्र ३१, २०८१ आइतवार
चैत्र ३१, २०८१ आइतवार
  • बुटवल–नारायणगढ सडक सञ्चालन

    पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सञ्चालन भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको सडक राति ९ः०० बजेदेखि सञ्चालनमा आएको हो।

    विनयी खोलामा डाइभर्सन बनाएर एकतर्फी बाटो सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताए । गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा विनयी खोलाको पुल भाँचिएपछि बनाइएको डाइभर्सन खोलाले बगाएपछि दिनभर सडक अवरुद्ध भएको थियो ।

    बाढीले डाइभर्सन नै बगाएपछि सयौं यात्रु तथा सवारी बीच बाटोमा अलपत्र परेका थिए । डाइभर्सन नहुँदा नारायणगढ–बुटवल भएर चल्ने सवारीसाधन पूर्ण रूपमा अवरुद्ध भएका थिए भने अत्यावश्यक साधनलाई होङ्सी सिमेन्ट उद्योगको बाटो भएर आवतजावत गराइएको थियो ।

    दाउन्ने क्षेत्रमा कालोपत्र सडक खनेर विस्तार भइरहेको अवस्थामा बिहीबार बिहान परेको वर्षाले सडक हिलाम्य भएपछि यस क्षेत्रको आवागमन अस्तव्यस्त बनेको छ । दाउन्ने क्षेत्रमा हिलो माटो हटाएर केही सहज बनाइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।

    उक्त क्षेत्रमा गत बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो । त्यसैगरी आगामी वैशाख १ देखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर विस्तारको तयारी गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार