Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

टी–२० अन्तर्राष्ट्रिय सिरिजः नेपाल र कुवेतबीच आज फाइनल खेल

हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज आइतबार नेपाल कुवेतसँग भिड्दैछ । आइतबार हङकङको मङ कोक क्रिकेट मैदानमा फाइनल खेल हुँदैछ । खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

हिजो शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।