शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पूर्व आईजीपी जबराको निधन

पूर्व आईजीपी जबराको निधन

चैत्र ३१, २०८१ आइतवार
चैत्र ३१, २०८१ आइतवार
  • पूर्व आईजीपी जबराको निधन

    नेपाल प्रहरीका १७ औं महानिरीक्षक प्रदीपसमशेर जबराको निधन भएको छ । उनको शनिबार बेलुका ७८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    उनका छोरा एसएसपी दीपसमशेर राणाका अनुसार उनी विभिन्न रोगले केही समयदेखि उपचाररत थिए । आइतबार बिहान ११ बजे पशुपतिमा उनको अन्तिम संस्कार गर्ने तयारी रहेको बताइएको छ ।

    जबरा २०५७ को असोजदेखि २०५९ को पुससम्म आईजीपी थिए । उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा संगठनका थुप्रै कर्मचारी उक्त संगठनमा समायोजित भएका थिए ।

    सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए । त्यसक्रममा इन्स्पेक्टर दर्जामा भर्ना भएर ड्युटीमा खटिना साथ आफ्नै छोरालाई उनले अत्यधिक द्वन्द्व प्रभावित जिल्ला रोल्पामा खटाएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट