शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रिती राई  र कुमार प्रयास सम्मानित

प्रिती राई  र कुमार प्रयास सम्मानित

चैत्र ३०, २०८१ शनिवार
चैत्र ३०, २०८१ शनिवार
  • प्रिती राई  र कुमार प्रयास सम्मानित

    सिर्जनशील युवा समाज कागेल काठमाडौँ सम्पर्क समितिले नेपाली महिला फुटबल टोलीकी मिडफिल्डर प्रिती राई र भ्वाइस अफ नेपाल सिजन–५ का सेकेण्ड रनरअप गायक कुमार प्रयास राईलाई सम्मान गरेको छ ।

    समाजले सम्मान तथा शुभकामना आदानप्रदानसहित राष्ट्रिय महिला फुलबल टिमकी मिडफिल्डर प्रिती राईलाई ५५ हजार ५५५ रुपैयाँले र प्रमाणपत्र सम्मानित गरेको हो । शनिबार शारदा एकडेमीमा आयोजित कार्यक्रममा रक्षामन्त्री मानवीर राईको हातबाट दुबै जनालाई सम्मान गरिएको सम्पर्क समितिका अध्यक्ष योग्यप्रसाद राईले जानकारी दिए ।

    प्रिती राई सोलुखुम्बु जिल्लामा जन्मिएर अन्तर्राष्ट्रियस्तरसम्म राष्ट्रको गौरव बढाउन सफल राष्ट्रिय महिला फुटबल टिमकी उत्कृष्ट खेलाडी हुन् । उनले खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको अध्यक्ष राईले बताए । कार्यक्रममा रक्षामन्त्री मानवीर राईले भने, ‘प्रिती राईले सोलुखुम्बुको मात्र नाम होइन, नेपालकै नाम राख्नु भएको छ । अग्लो ज्यानले मात्र फुटबल खेल्न सकिन्छ भन्ने भ्रमलाई प्रिती राईले तोडन् सफल हुनुहुन्छ ।’

    kumar pryash.jpeg

    सामानित प्रिती राईले आफूलाई गरिएको सम्मानले थप जिम्मेवारी बढाएको बताउँदै पछिल्लो पुस्तालाई मनोबल बनाउने काम आफूले फुटवल खेलको माध्यमबाट गर्ने बताइन् ।

    कार्यक्रमका प्रदेश सांसद गोम्बु शेर्पा, पूर्व प्रदेश सांसद उत्तम कुमार बस्नेत ,थुलुङ दुधकोशी गाँउपालिकाका अध्यक्ष असिम राई, शारदा एकेडेमीका व्यवस्थापन समिति अध्यक्ष झबि राई, नेले विकास समाजका अध्यक्ष रोशन थुलुङ राईले आफ्नो मन्तब्य राखेका थिए ।

    अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कार्यकारी प्रमुख तेज राईलगायतको उपस्थिति थियो । सम्मान समारोह र शुभकामना आदानप्रदान कार्यक्रमले राष्ट्रिय प्रतिभालाई उजागर गर्दै आगामी पुस्तालाई प्रेरित गर्ने अपेक्षा आयोजकले गरेको बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार