Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

लेक लागेर डाक्टरको मृत्यु

संखुवासभामा लेक लागेर मकालु गाउँपालिका–२ डाँडाखर्कमा एक जना डाक्टरको मृत्यु भएको छ।

जिल्ला प्रहरीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार शनिबार बिहान तनहुँ भिमाद नगरपालिका–२ का २७ वर्षीय डा. आशिष सिग्देलको मृत्यु भएको हो ।

मकालु बेस क्याम जाने क्रममा ४२ सय मिटरमा उनलाई लेक लागेको अनुमान गरिएको छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको छ ।

दुर्गम र भौगोलिक अवस्थाका कारण उनको शव आइतबार मात्रै खाँदबारी ल्याइसक्ने प्रहरीले जनाएको छ ।