शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

हङकङसँगको खेल रद्द, नेपाल फाइनलमा

हङकङसँगको खेल रद्द, नेपाल फाइनलमा

चैत्र ३०, २०८१ शनिवार
चैत्र ३०, २०८१ शनिवार
  • हङकङसँगको खेल रद्द, नेपाल फाइनलमा

    हङकङमा भइरहेको चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल र कुवेत भिड्ने भएका छन् । लिग चरणको अन्तिम खेलमा आज नेपाल र हङकङबीचको खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडेका हुन् ।

    नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो । तीन खेलमा दुई जीत र एक खेल नतिजाविहीन भएपछि नेपालको पाँच अंक भयो । एक खेल मात्र जितेको हङकङको तीन अंक छ । यसअघि कुवेतले कतारलाई हराएर चार अंक जोड्दै नेटरनरेटका आधारमा फाइनल पुगेको हो ।

    हङकङको टिनक्वाङ रोड रिक्रिएशन ग्राउण्डमा टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो । हङकङले नौ ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो । त्यसको केहीबेरमा वर्षा रोकिएर कभरहरू हटाएपछि प्रकाश कम रहेकाले खेल शुरु हुन ढिलाइ हुनुका साथै फेरि पानी पर्न थालेपछि खेल रद्द भयो ।

    नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो । टी–२० शृङ्खलाको फाइनल खेल भोलि हुनेछ । दोस्रो र तेस्रो स्थानको लागि पनि भोलि नै खेल हुनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट