शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

चैत्र ३०, २०८१ शनिवार
चैत्र ३०, २०८१ शनिवार
  • अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

    पहिरो र कल्भर्टमा फसेको टिपरका कारण आज ९शनिबार० बिहान ४ बजेदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ । फसेको टिपर निकालेपछि पहिरो पनि पन्छाइएको हो ।

    एकतर्फी सडक सञ्चालनमा ल्याइएपछि पाल्पादेखि बुटवल र बुटवलदेखि पहाडी भेगतर्फ जाने सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले बुटवलबाट पाल्पा आउँदै गरेको कार पुरेको थियो ।

    लुम्बिनी प्रदेशको ज ०२७६ नम्बरको कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । माथिल्लो भागबाट खसेको पहिरोले कारलाई पुरेको हो । तर, चालक र यात्रुहरू भने सामान्य अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। तल्लो र माथिल्लो सिद्धबाबा क्षेत्रमा निर्माणाधीन कल्भर्ट भासिँदा एक टिपर फसेको थियो, जसलाई ठूला मेसिनको सहायताले हटाइएको छ ।

    सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणसँगै वर्तमान राजमार्गमा कल्भर्ट, नाली तथा रक नेट जडानको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट