शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पहिरोले कार पुर्‍यो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोले कार पुर्‍यो, सिद्धार्थ राजमार्ग अवरुद्ध

चैत्र ३०, २०८१ शनिवार
चैत्र ३०, २०८१ शनिवार
  • पहिरोले कार पुर्‍यो, सिद्धार्थ राजमार्ग अवरुद्ध

    सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध बनेको छ । बिहान ४ बजेतिर खसेको पहिरोले एउटा कार समेत पुरिएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार पूर्ण रूपमा क्षति पुगेको छ।

    कार माथिल्लो भागबाट खसेको पहिरोमा पुरिएको प्रहरीले जनाएको छ। बुटवलबाट पाल्पा भैरवस्थान आउँदै गरेको कारका चालक र यात्रु भने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ। तल्लो र माथिल्लो सिद्धबाबा क्षेत्रमा निर्माणाधीन कल्भर्टमा भासिएर एक टिपरसमेत फसेको छ । दोभान प्रहरी चौकीका अनुसार कल्भर्टमा फसेको टिपर हटाउने र सडकमा खसेको पहिरो हटाउने प्रयास भइरहेको छ।

    यस क्षेत्रमा परेको वर्षाले बिहान ४ बजेदेखि नै सडक अवरुद्ध भएको स्याङ्जा गल्याङका चालक पीताम्बर भट्टराईले जानकारी दिए । सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माणका साथै अहिलेको राजमार्गमा समेत कल्भर्ट, नाली लगायत रक नेटको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ ।

    पाल्पाको सिद्धबाबा क्षेत्रमा खसेको पहिरो पार गर्दै पाल्पाबाहेक गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका गन्तव्यमा पुग्ने सवारीसाधन गुड्छन् । यस क्षेत्रमा नरम माटोमा अडिएको चट्टान सुख्खायाममा पनि खस्ने समस्या रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट